डीआईजी ढकालले पाए प्रवक्ताको जिम्मेवारी

प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल
प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बुधबार जनाएको छ ।

प्रहरी नायव महानिरीक्षक ढकाललाई ९८५१२-९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार