काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

काठमाडौँ : सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ । 

स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो । विवादकै बिच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो । 

सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो। अधिकारी योबिचमा बिदामा बसेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

67%

खुसी

33%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार