धनगढीका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको अनिवार्य अवकाश, उप-महानगरले गर्यो बिदाइ

धनगढीका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको अनिवार्य अवकाश, उपमहानगरले गर्यो बिदाइ

धनगढी: कैलालीको धनगढी उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले अनिवार्य अवकाश पाएका छन्। अनिवार्य अवकाश पाएका श्रेष्ठको एक समारोहका बीच धनगढी उपमहानगरपालिकाले बिदाइ गरेको छ।

काठमाडौं स्थायी बसोबास भएका श्रेष्ठ सुरुमा २०७० सालमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा धनगढी आएका थिए। दिन बसेका श्रेष्ठको कार्यकालमा धनगढी नगरपालिका उपमहानगरपालिकाका घोषणा भएको थियो। उनले ३८ वर्ष सरकारी सेवामा रहेर काम गरेको बताए। माघ ७ गते श्रेष्ठले अनिवार्य अवकाश पाएका हुन्।पहिलो पटक तीन वर्ष ४

दोस्रो पटक २०७८ मा प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनगढी आएका श्रेष्ठले तत्कालीन नगर प्रमुख नृपबहादुर वडसँग करिब ६ महिना र हालका नगर प्रमुख गोपाल हमालसँग २० महिना गरी दुई वर्ष १ महिना ८ दिन धनगढीको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका हुन्। श्रेष्ठले धनगढीको प्रमुख प्रशासकीय अधिकृत भएर आफ्नो जागिरे जीवनको ५ वर्ष १ महिना १२ दिन बिताएको बताएका छन्।

शनिवार उपमहानगरले आयोजना गरेको बिदाइ कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उप-प्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्ष, सदस्य र कर्मचारीहरूको उपस्थितिमा बिदाइ गरिएको हो। उपमहानगरपालिकाले गरेको बिदाइ पश्चात् श्रेष्ठले धनगढी बसेर दुई जना नगर प्रमुख र सर्वदलीय संयन्त्र रहेको अवस्थामा काम गर्न पाएको बताएका छन्।

उनले “हाम्रो धनगढी हामी बनाउँछौँ” अभियानको एक सदस्य भएर काम गर्न पाएको खुसी व्यक्त गरेका छन्।

सेवा निवृत्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले नेपाल सरकार, प्रदेश सरकार, धनगढी उपमहानगरपालिकाका वर्तमान र पूर्व प्रमुख, उप-प्रमुख, अध्यक्ष र अन्य जनप्रतिनिधि, राजनीतिक दलहरू, कर्मचारी र नगरवासीलाई धन्यवाद दिएका छन्। २०३८ सालमा राष्ट्र बैँकबाट सरकारी सेवा प्रवेश गरेका श्रेष्ठ २०४७ सालमा निजामती सेवामा आएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार