मोहन्यालमा नेपालका प्रथम सहिद बाँकावीरको सालिक निमार्ण

नेपालका प्रथम सहिद बाँकावीर

धनगढी: जङ्गबहादुर राणाको क्रूर दमनको विरुद्ध पहिलो पटक बिद्रोह गर्ने बाँकावीरको सालिक निर्माण गरिएको छ। राणा शासन विरुद्ध बाँकावीरले छापामार बिद्रोह गर्दा १९०६ मा उनको हत्या गरिएको थियो।

जङ्गबहादुरको प्रत्यक्ष निर्देशनमा अछाममा हत्या गरिएका नेपालका प्रथम शहिद बलदेव शाह( बाँकावीर) को कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर ७ स्थित “बाँकावीर फड्के” भन्ने स्थानमा नवलसिंह रावल फाउन्डेसनले शालिक निर्माण गरेको हो।

फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलको सक्रियतामा बाँकावीरको सालिक निर्माण भएको हो। वि.स. १९०५ मा राणाका सेनाहरुले बाँकावीरलाई घेरा हाली लखेट्दा बर्सादको बेला उफ्रेर खोलापार गरेर ज्यान बचाउन सफल भएको स्थान हाल “बाँकावीर फड्के” नामले प्रचलित छ।

कर्णाली उत्तरतिर बाका भन्ने भीर!

कसरी उम्की है धन्य बाँकावीर !!

बाँकावीरको सम्मानमा वि २०८० साल असोज २८ गते उक्त सालिकको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सिलन्यास गरेका थिए।

सालिक निर्माण गरिएको स्थानमा “बाँकावीर ऐतिहासिक तथा सांस्कृतिक पर्यटन पार्क” निर्माण गर्ने योजना रहेको रावलले बतए। बाँकावीरको योगदान बारे जानकारी दिन र राज्यबाट प्रथम सहिद घोषणा गर्न पहल गर्नुपर्ने रावलले बतएका छन्। उनले सुदूरपश्चिमका ८८ वटै पालिकामा स्थानीय पाठयक्रममा बाँकावीरको जीवनी र संघर्षको विषयवस्तु समावेश गर्न पहल गर्नुपर्ने फाउन्डेसनका अध्यक्ष रावले बताए। उनले बाँकावीरको जिवनीमा आधारित डकुमेन्ट्रीको छिट्टै छायांकन गरिने र राज्यले बाँकावीरलाई पहिलो शहिद घोषणा नगरेसम्म अभियानलाई निरन्तरता दिने बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार