प्रमोद खरेलको स्वरमा नयाँ गीत “चोट” सार्वजनीक (भिडियाे सहित)

प्रमोद खरेलको स्वरमा नयाँ गीत "चोट" सार्वजनीक

गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘चोट ’को भिडियो सार्वजनिक भएको छ । गौरव गिरी र एल.पी शर्माको शब्द तथा रोहित देउवाको संगीतमा रहेको यो गीत फरक शैलीमा छ ।
गौरव गिरीको निर्देशनमा बनेको भिडियोमा अभिनेता एल पी शर्मा , उषा उप्रेती, भद्र जङ्ग कुवर लगायतको अभिनय रहेको छ । भिडियोमा एउटा गाँउ बाट शहरमा आएको केटीको आफूलाई मन पर्ने कलाकार सँग भेट हुन्छ र भेट भइसकेपछि एक अर्का सँग प्रेम हुन्छ तर त्यो प्रेमलाई केटीले गरेको जाल झेल र त्यही प्रेमको चोट को कथा बस्तु देख्न सकिन्छ ।

भिडियोका छायाँकार वसन्त कुँवर हुन् भने कलर श्याम कुँवरले गरेका छन् । यो गीत ‘रिदम भीड ’ नामक यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार