पूर्णलोकतन्त्र दिनु नै राजनीतिको अभिष्ट हुनुपर्ने एमाले अध्यक्ष ओलीको भनाई

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनका प्रगतिसँग जोडिने गरी पूर्णलोकतन्त्र दिनु नै राजनीतिको अभिष्ट हुनुपर्ने बताएका छन् । 

समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको ‘संसद्मा केपी शर्मा ओली’  विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले विकास र परिपूर्णताको दिशातिर जाने बाटो राजनीति भएकाले सामाजिक प्रबन्धमा सामाजिक न्यायसहित सुव्यवस्थित गर्नु राजनीतिको अभिष्ट भएको र आफूले त्यसका लागि प्रयास गर्दै आएको बताए । उनले राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन गरी लोकतन्त्रको दिशामा अघि बढ्नका लागि राजनीतिक पार्टी र कार्यकर्ताले पहल गर्नुपर्नेमा जोड दिए । 

एमाले महासचिव शङ्कर पोखरेलले नेपालमा लोकतान्त्रिक परिवर्तनका लागि भएका आन्दोलनका उपलव्धि संस्थागत गर्न राजनीतिक शक्तिले ध्यान दिन नसकेको जनाउँदै अध्यक्ष ओलीले देश र जनताका खातिर समृद्धिलाई केन्द्रमा राखेर गरेका पहलको सराहना गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले अध्यक्ष ओलीबाट संसद्मा व्यक्त विचारको सङ्कलनले समृद्ध नेपाल निर्माणका यात्रीलाई सहयोग मिल्ने बताए । 

लेखक पुरुषोत्तम दाहालले राष्ट्र र राष्ट्रियता तथा समृद्धिका लागि अध्यक्ष ओलीका अडान विवेकपूर्ण रहेका बताए । 

सानुमैयाँ खड्काद्वारा सङ्कलित उक्त ग्रन्थको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गरेकी हुन् । अध्यक्ष ओलीका २०४८ सालदेखिका संसद्मा व्यक्त १८३ सम्बोधन संलग्न सो कृति आठ सय ३६ पृष्ठको रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार