बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसले मनायो सहिद दिवस

बैतडीको पुर्चौडि बहुमुखी क्याम्पसले मनायो सहिद दिवस
तस्बिरः अनुराग

बैतडी: बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसले सहिद दिवस मनाएको छ । मङ्गलवार क्याम्पसले दिवसको अवसरमा विविध कार्यक्रम गरी दिवस मनाएको हो ।

सभापतित्व बि.एड. चौथो वर्षमा अध्ययनरत छात्रा धनमति कुवरले गरेको कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख रामदत्त जोशी रहेका थिए भने विशिष्ट अतिथि सहायक क्याम्पस प्रमुख विनोद सिंह भण्डारी र सहायक क्याम्पस प्रमुख गोविन्द अवस्थी रहेका थिए ।

उक्त कार्यक्रममा प्रधानाध्यापक, उपप्राध्यापक, पूर्व क्याम्पस प्रमुख र विद्यार्थीहरूको सहभागिता रहेको कायक्रमा सहिदहरूका तस्बिरहरूमा माल्यार्पण गर्दै सहभागी विद्यार्थीहरूले गजल, मुक्तक र कविता मार्फत समेत सहिदहरू प्रति श्रद्धा सुमन व्यक्त गरेको बि.एड. तेस्रो वर्षमा अध्ययनरत छात्र अनिल भट्टले बताए ।

यस्तै, सहिद दिवसकै अवसरमा डिलेश्वरि नमुना मा.वि हाटले सहिदहरूको योगदान शीर्षकमा १५ जना विद्यार्थी सहभागी गराई कविता वाचन प्रतियोगिताको आयोजना गरेको थियो ।

उक्त कविता वाचन प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत छात्र विवेक लुहार प्रथम, कक्षा १२ मा अध्ययनरत छात्रा कोपिला जोशी द्वितीय र कक्षा १२ मा अध्ययनरत छात्रा शान्ति जोशी तृतीय भयको शिक्षक पारस भट्टले जानकारी दिँदै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान पत्र सहित पुरस्कृत गरिएको बताए ।

डिलेश्वरि नमुना मा.वि हाट
डिलेश्वरि नमुना मा.वि हाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

75%

खुसी

0%

दुःखी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार