रुघाखोकी र फ्लुमा के फरक छ ?

रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिन्छन्।

रुघाखोकी र फ्लुमा के फरक छ?
रुघाखोकी र फ्लु दुवैका लक्षण समान हुन्छन्। खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाक बग्ने र बन्द हुने, थकाइ लाग्ने, जीउ दुख्ने  लगायतका लक्षणहरु देखिन्छन्। रुघा राइनो भाइरसबाट हुन्छ भने फ्लु एन्फ्लुएन्जा नामक भाइरसका कारण हुन्छ। 

राइनो भाइरस सामान्य खालको हो। यसले ज्यानै लिने गरी संक्रमित पार्दैन। यो भएको हप्ता/दस दिनमा ठिक हुन्छ। उच्च ज्वरो पनि हुँदैन। तर फ्लु घातक हुन सक्छ। रुघाखोकी जस्तै लक्षिण देखिए पनि यसले निमोनियासम्म गराएर मृत्यु समेत हुन सक्छ। उच्च ज्वरो आयो,  एक हप्तामा ठिक भएन, खकार पहेंलो हुन थाल्यो र घ्यारघ्यार हुन थाल्यो भने सचेत हुनुपर्छ। उपचार गराउनुपर्छ। 

यसबाट जोगिनका लागि हरेक वर्ष फ्लुको भ्याक्सिन लगाउनुपर्छ। दीर्घरोगी, वृद्धवृद्धा र बच्चाले अनिवार्य रुपमा भ्याक्सिन लगाउनु राम्रो हुन्छ। 

के भाइरस चिसोमा बढी सक्रिय हुन्छन्?
सामान्यतया रुघाखोकीको समस्या जनरवरीबाट सुरु हुन्छ। फेब्रुअरीमा पिकमा जान्छ। त्यसपछि विस्तारै घट्छ। हामीले कोभिड पनि देख्यौं। चिसोमै सुरु भएको थियो। कोभिडले अर्काे के सिकायो भने, भाइरस रहने चाहिँ वर्षभरि नै रहेछ। यो भाइरस सर्‍यो भने गर्मीको समयमा पनि सताउँछ। कोभिड पनि श्वासप्रश्वासको समस्या हो। त्यसैले यहाँ कोभिडलाई उदाहरणका रुपमा प्रस्तुत गरिएको हो। 

– चिसोमा रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ।
जाडोमा भाइरसजन्य रोगले बढी सताउनुको कारण जीवनशैली परिवर्तन हुन्छ, शारीरिक अभ्यास कम गरिन्छ। खानपान परिवर्तन हुन्छ, झोल खानेकुरा न्यून मात्रै खाइन्छ। यी कारणले रोग प्रतिरोधी क्षमता कम भएको हुन्छ। अर्काे, जाडोमा सकेसम्म नजिक भएर बसिन्छ। एउटाले कहीँबाट भाइरस ल्यायो भने सजिलै अर्काेमा सर्न सक्छ। जाडो भाइरसका लागि कसरी सहयोगी हुन्छ भन्ने त सुरुमै उल्लेख भइसकेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार