अरुण र अजितनारायणलाई ग्राण्डी लगियो

अरुण र अजितनारायणलाई ग्राण्डी लगियो

काठमाडौं : बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ। बिहीबार पक्राउ परेका उनीहरुलाई चिरायु अस्पतालमा राखिएको थियो।

अहिले त्यहाँबाट रेफर गरेर टोखास्थित ग्राण्डी अस्पताल लगिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।  केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो।

उनीहरुले छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लिएको आरोप लागेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार