सन् २०२३ मा यूएसएमएलई परीक्षा दिएका नेपाली चिकित्सकको नतिजा रद्द

सन् २०२३ मा यूएसएमएलई परीक्षा दिएका नेपाली चिकित्सकको नतिजा रद्द

काठमाडौं : सन् २०३ मा  युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (युएसएमएलई) दिएका नेपाली चिकित्सकको नतिजा रद्द भएको छ। नेपालबाट परीक्षा दिएकाहरुको नतिजाले परीक्षाको बैधतामाथि नै प्रश्न खडा गरेको युएसएमएलईले जनाएको छ।

भनिएको छ, ‘युएसएमएलईमा नेपालबाट सहभागी परीक्षार्थीहरुको असमान्य रुपमा राम्रो प्रदर्शन गरेको पाइएकोले अनुसन्धान थालिएको छ। अनुसन्धानमा नेपाली परीक्षार्थीले अनपेक्षित रुपमा राम्रो अंक प्राप्त गर्ने तरिका समान देखियो, जसले परीक्षाको नतिजाको बैधतालाई नै चुनौती दिएको छ,’ युएसएमएलईले जारी गरेको सूचनामा भनिए को छ।

सहभागी परीक्षार्थीहरुको उत्तर दिने तरिकाले प्रश्नपत्रमा अनाधिकृत पहुँचको आशंका समेत गरिएको बताइएको छ। युएसएमएलईको सचिवालयले अनुसन्धानका क्रममा प्रश्न उठेको विद्यार्थीहरुलाई नतिजा रद्दको सूचना दिएर आगामी दिनमा वैधानिक परीक्षामा सहभागी हुन सूचित गरिएको बताइएको छ। कतिपयको स्टेप ३, कसैको स्टेप २ र कतिपयको स्टेप १ रद्द गरिएको बताइएको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार