‘के टाउन रनवे २०२४’ को प्रथम अडिसन सम्पन्न

‘के टाउन रनवे २०२४’ को प्रथम अडिसन सम्पन्न

काठमाण्डौंः यचु हेयर आयल प्रस्तुतकर्ता रहेको ‘के टाउन रनवे -२०२४’ को प्रथम अडिसन सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा काठमाण्डौंको ठमेल स्थित छायाँ सेन्टरमा रहेको क्लव प्ले ब्वाईमा शनिवार उक्त अडिसन सम्पन्न भएको हो ।

बरिष्ठ संचारकर्मी सरोज ओझा, बरिष्ठ सौन्दर्यविद् रुष्का वैद्य श्रेष्ठ, यचु हेयर आयलका सिईओ उज्जवल मानन्धर, फेसन डिजाईनर दुर्गा विष्ट र फेटोग्राफर पविन्द्र श्रेष्ठ निर्णायक रहनु भएको उक्त अडिसनमा कुल २३ मोडलहरु सहभागी थिए ।

के टाउन रनवे २०२४ को दोस्रो अडिसन आउँदो शनिवार हुँदैछ । उक्त फेसन शोमा नेपाल मै उत्पदित येचु हेयर तेल र जोय कस्मेटिकका ब्रान्डसँगै क्यास्तोलो पश्मिनाको डिजाइन प्रस्तुती राख्नेगरि यो कार्यक्रम १४ फ्रबुअरीको रात्रिकालमा गरिने एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार