धनगढीले फोहोरबाट मोहर छापी रहँदा घोडाघोडीमा भने वन्यजन्तु सँगै मानव समेत जोखिममा 

धनगढीले फोहोरबाट मोहर छापी रहँदा घोडाघोडीमा भने सिमसार क्षेत्र सँगै बस्तीसमेत जोखिममा 

धनगढी: कैलालीको धनगढी उप-महानगरपालिकाले फोहोर मैलाको व्यवस्थापन गरी मोहर अर्थात् आय आर्जन गरी रहँदा कैलालीकै घोडाघोडी नगरपालिकाले भने विश्व रामसार सुचीमा सूचिकृत घोडाघोडी अभय आरण्य सिमसार क्षेत्रलाई डम्पिङ साइडका रूपमा प्रयोग गर्दै आइरहेको छ । 

विगत ६ वर्ष देखी उक्त क्षेत्रलाइ घोडाघोडी नगरपालिकाले फोहोर फाल्ने डम्पिङ साइडका रूपमा प्रयोग गर्दै आएको भए पनि कानुनतः र पर्यावरणीय हिसाबले त्यहाँ साे कार्य गर्न पाइँदैन । 

अझ त्यहाँ फोहोरमा आगो लगाइँदा धूवाँ मानव बस्तीमा पस्दा स्थानीयलाई घरमा सास लिनै अप्ठेरो छ । गुनासो आउन थालेपछी फोहोरमा लागेको आगो निभाउन घोडाघोडी नगरपालिकाले आफ्नो दल, बल र तागत लगाउँदा पनि निभ्नुको साटो केही सिप नलागेपछि नगरपालिकाले आगो निभाउने कार्य बाट पनि हात झिकेको जनाइएको छ । 

मातृभूमि संरक्षण प्रा.लि.ले विगत ६ वर्ष देखी नगरपालिकाले प्रदान गरेको स्थानमा साडेपानी, सुखड र पहलमानपुर बजार क्षेत्रबाट उत्पन्न हुने फोहरलाई सिमसार क्षेत्रमा थुपार्दै आइरहेको जनाएको छ । आगो लगाउने कार्य भने प्रा.लि.ले नगरेको दाबी छ । 

तर घोडाघोडी नगरपालिकाले भने यो कार्य अघिल्लो कार्यपालिका नेतृत्वलाई दोष लगाउँदै अब नगरकै वडा नंं. ८, को फूलबारी क्षेत्रमा रहेको तीस हेक्टर क्षेत्रफलमा फैलिएको जमिनमा डम्पिङ साइड निर्माणका लागि बहुमत कार्यपालिका सदस्यबाट पारित भई फोहोर मैला व्यवस्थापनको विकल्प खोजिन लागेको दाबी गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार