दुर्घटना न्युनिकरणका लागि जागरण अभियान

दुर्घटना न्युनिकरणका लागि जागरण अभियान

धनगढीः सवारी दुर्घटना न्युनिकरणका लागी सुदुरपश्चिममा दुर्घटना न्युनिकरणका लागि जागरण अभियान शुरु भएको छ । दिनानुदिन बढिरहेको सडक दुर्घटनाबाट देश आक्रान्त बनिरहेकोबेला सदुर पश्चिम प्रदेशभरी सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन हुन लागेको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुर पश्चिम प्रदेश कमिटीले आइतबार धनगढी बसपार्कमा आयोजना गरेको सडक दुर्घटना न्युनिकरण्म सचेतना कार्यक्रमको अवशरमा अभियान सञ्चालनका लागी समिति समेत गठन भएको छ ।

कार्यक्रममा सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारी झै बढीरहेकाले यसलाई रोक्न सबै सरोकारवालाको हातेमालो आवश्यक रहेको बताए । राइले साझा कामका लागि कार्यदलको प्रस्ताव गरेपछि प्रदेश ट्राफिक प्रहरी सुदुरपश्चिम प्रमुख एसपी नेत्रमणी गिरीको संयोजकत्वमा कार्यदल बनेको हो ।

सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान कार्यदलको सदस्यहरुमा सुन्दर सुदुर पश्चिम यातायात प्रालीका अध्यक्ष पदमराज सापकोटा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश अध्यक्ष ललित चन्द, खप्तड यातायात प्रालीका अध्यक्ष अनन्तराज जोशी, कैलाली यातायात प्रालिका महासचिव तिर्थराज जोशी, नेपाल यातायात मजदुर संघ प्रदेश अध्यक्ष केशवराज पन्त र धनगढी उपमहानगरपालिकाको तर्फबाट सदस्य रहने गरी कार्यदल बनेको हो ।

कार्यक्रमलाई सम्बोधन गरेका अध्यक्ष राइले १० बर्षे जनयुद्धमा ज्यान गुमाएको भन्दा बढी सडक दुर्घटनामा नेपाली नागरिकले ज्यान गुमाइरहेको बताए । राईले देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेको, वर्षमा सडक दुर्घटनामा परेर सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाइरहेको र प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति घाइते भइरहेको तथ्य गरे ।

सडक पुर्वाधार र मानविय त्रुटीका कारण बढीजसो हुने दुर्घटना रोक्न सबैको दायित्व रहने उनले बताए । यातायातका मजदुरहरुले ट्राफिक नियमको पुर्ण पालना गर्नुपर्ने बताउँदै उनले राज्यका सबै निकायले आ आफ्नो क्षेत्रबाट भएका कमी कमजोरी सच्याएर यो दुर्घटना न्युनिकरणमा ध्यान दिए पक्कै यो बिकराज अवस्थालाई कम गर्न सकिने बताए ।

कार्यक्रममा बोलेका कैलाली जिल्ला ट्राफिक प्रहरी प्रमुख दिपक मल्लले यही संरचनामा पनि दुर्घटना कम गर्न सकिने उत्तम उपाय गति नियन्त्रण र लेन प्रयोगनै रहेको बताए । यसका साथै सवारी चलाउँदा मापसे सेवन गर्नै नहुने उनको भनाई छ । हालको अवस्थालाई कम गर्न यि नियम पालना गर्न जरुरी रहेको उनले बताए ।

कार्यदलले प्रदेश भरीका पालिका, चोक, सडकहरुमा सडक दुर्घटना न्युनिकरणका लागि जागरण अभियान सञ्चालन गर्ने संगठन प्रदेश अध्यक्ष ललित चन्दले जानकारी दिए । यातायात मजदुर, पैदलयात्रीहरु, सडक प्रयोगकर्ताहरु, विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई जिम्मेवार बनाउँन अभियान सञ्चालन गरिने चन्दले बताए ।

केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख गोपाल हमाल, जिफन्ट सुदुर पश्चिम प्रदेश अध्यक्ष जीतबहादुर मल्ल, सुदुरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणी गिरी, सुन्दर सुदुर पश्चिम यातायात प्रालीका अध्यक्ष पदमराज सापकोटा, कैलाली जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिपक मल्ल, कैलाली यातायात प्रालीका महासचिव तिर्थराज जोशी, खप्तड यातायात प्रालीका अध्यक्ष अनन्तराज जोशी, नेपाल यातायात मजदुर संघ प्रदेश अध्यक्ष केशवराज पन्त लगायतले अभियानमा एक्यबद्धता जनाएका थिए ।

संगठनका महासचिव केशव थापा (निरु) ले अभियानको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा उपमहासचिव खगेन्द्र ओलीले धन्यवाद दिएका थिए । धनगढी बसपार्कमा खुल्ला रुपमा सडक सचेतना सम्बन्धी कार्यक्रममा २ सयबढी चालक, सहचालक तथा परिचालकहरु सहभागी रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार