छोरा जयवीरको बिहेमा आरजुको ‘थुमक थुमक, गुलाबी शरारा’ (भिडियो सहित)

छोरा जयवीरको बिहेमा आरजुको ‘थुमक थुमक, गुलाबी शरारा’ (भिडियो सहित)

धनगढीः राजनीतिक कारण होस् या आफ्नो बोली शब्द चयनका कारण सधैं जसो चर्चामा रहने काँग्रेस नेतृ आरजु राणा पुनः एकपटक अहिले केही दिन यता सामाजिक संजालभर चर्चामा छिन् । चर्चाको कारण हो उनी आफ्नै छोरा जयवीर देउवाको बिहेमा भारतको उतारखण्डक्षेत्रको चर्चित गीत ‘गुलाबी शरारा, थुमक थुमक’ मा नाच्नु ।

आरजुले यो गीतमा छोरा जयवीरको बिहे अगाडि आयोजित संगीत सेरोमोनीमा नृत्य गरेकी हुन् । सामाजिक संजालमा भिडियो बाहिरिएपछि उनको नृत्यको तारिफ भइरहेको छ ।

आरजु नाचेको विषयलाई लिएर धेरै संजाल प्रयोगकर्ताले उनको यो निजी जीवन भएको बताएका छन् । भने सोही स्टेपमा केहीले आफूले पनि नृत्य गरेर दाज्दै पास्ट्याई रहेका छन् ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा आरजुका छोरा जयवीरले देउवाले सोल्टी होटलमा भव्य रुपमा कभर गायिका शिवाना श्रेष्ठसँग आईतबार बिहे गरेका छन् ।

हेर्नुस्, भिडियोः

https://fb.watch/q0UESVl62o/

भिडियो: सामाजिक सञ्जाल

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार