लोमस फर्मास्युटिकल्सको सिरपमा समस्या आएपछी बिक्रीमा रोक

लोमस फर्मास्युटिकल्सको सिरपमा समस्या आएपछी बिक्रीमा रोक

काठमाडौं : औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओएनओ सिरपमा समस्या देखिएको भन्दै बिक्रीमा रोक लगाएको छ। विभागले गत साता मात्र लोमसकै पारासिटामोलमा समेत समस्या देखिएपछि बिक्रीमा रोक लगाएको थियो।

पारासिटामोलमा रोक लगाएको एक साताको अवधिमा विभागले लोमसकै सिरपमा समस्या देखिएको भन्दै बिक्रीमा रोक लगाएको हो। विभागले बजारमा पुगेका सिरप पनि फिर्ता गर्न निर्देशन दिएको छ।

बजार अनुगमनका क्रममा ल्याइएको ओएनएसओ १२३ (ONSO123) ब्याचनको नमूना परीक्षका क्रममा समस्या देखिएको हो। विभागले राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा उक्त ब्याचका औषधि मापदण्ड अनुसार नपाइएको भन्दै बजारबाट फिर्ता ल्याउन र बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।

विभागले ओनो सिरपको ‘लिकेज’को सम्बन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुन पनि निर्देशन दिएको छ।

‘राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण गर्दा Lomus Pharmaceuticals Pvt. Ltd., Gothatar, Kathmandu, Nepal बाट उत्पादित “ONO Syrup” (Each 5ml contains: Ondansetron HCL USP eq to Ondansetron 2 mg) Batch No. ONS0123 Mfg Date: Mar- 2023, Exp Date: Aug – 2024 औषधिको प्राप्त विश्लेषण प्रतिवेदन “Doesn’t Comply as per IP 2022 with respect to description / Physical Condition of Sample” भनि उल्लेख भई आएको हुदाँ उक्त व्याच नं. ONS0123 को औषधि अर्को आदेश नभएसम्मको लागि बिक्रीवितरण रोक्का राख्नु हुन सरोकारवाला सवैमा जानकारीका लागि अनुरोध छ। साथै Leakage को सम्बन्धमा विस्तृत Investigation Report सहित उक्त उद्योगका मुख्य / प्रमुख प्राविधिक व्यक्ति १५ (प्रन्ध ) दिन भित्र यस विभागमा उपस्थित हुनका लागि समेत यसै सूचना मार्फत सूचित गरिन्छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ।

हेरौं सूचना:

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार