क्यान्सर पीडित सब–इन्जिनियर रावलको निधन

क्यान्सर पीडित सब–इन्जिनियर रावलको निधन

अछामः २५ वर्षको  कलिलो उमेरमै पाठेघर र ठुलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा उपचारत सब–इन्जिनियर रमिता रावलकाे नीधन भएकाे छ । सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावलको क्यान्सरकै कारण निधन भएको हाे ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचार गराइरहेकी रमिताको  निधन भएको हो। अछाम घर भएकी सब–इन्जिनियर रमिता रावलको निधन भएको छ।

पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी रावलको आज बिहान निधन भएको हो। उनी लामो समयदेखि पाठेघर र आन्द्राको क्यान्सरबाट पीडित थिइन्।

नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराइरहेकी उनको काठमाडौँमा निधन भएको हो। रावल नेपालगन्ज महानगरपालिकामा कार्यरत थिइन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार