अत्तरिया बजार सहितका पाँच स्थानमा शुद्ध खानेपानीको व्यवस्था

कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारसहितका पाँच स्थानमा शुद्ध खानेपानीको व्यवस्था गरेको छ।

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारसहितका पाँच स्थानमा शुद्ध खानेपानीको व्यवस्था गरेको छ। केदार ग्रुपसँगको समन्वयमा नगरपालिकाले पाँच स्थानमा तातो, सादा र चिसो शुद्ध खानेपानीको व्यवस्था गरेको हो।

अत्तरिया बसपार्क, पूर्व रोडको मालाखेती इलाका प्रहरी कार्यालय मालाखेती अगाडी, गोदावरी नगरपालिकाको कार्यालय, वडा नम्बर १ को कार्यकक्ष र मालाखेती अस्पतालमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ।

मौसमअनुसार पिउने पानीका लागि सार्वजनिक स्थानमा खानेपानीको व्यवस्था गरिएको नगरप्रमुख बिरेन्द्र भट्टले बताए। स्वास्थ जीवनका लागि शुद्ध पानी भन्ने मूल नारालाई मध्यनजर गर्दै पानी व्यवस्थापन गर्ने ठेक्का पाएको केदार ग्रुपले पाँचवटै स्थानमा १५० लिटरको ट्याङ्की जडान गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार