भिजिट भिसा ठगी प्रकरणमा अध्यागमन अधिकृत पुर्पक्षका लागि थुनामा

सञ्चालक पक्राउ

काठमाडौं : भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जना पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

जिल्ला अदालत काठमाडौंले खड्कासँगै मनोज तामाङ, सरोजकुमार यादव र अरुण दाहाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । त्यस्तै ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७ लाख, गीता शाहसँग ५ लाख, विनोद कार्कीसँग २ लाख र पदम लामा तथा रविन अर्यालसँग एक/एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार