जिउमा बालुवा छर्किँदै गरेको नेपाली हात्तीको तस्बिरले जित्यो ‘सोनी विश्व फोटोग्राफी अवार्ड-२०२४’

जिउमा बालुवा छर्किँदै गरेको नेपाली हात्तीको तस्बिरले जित्यो ‘सोनी विश्व फोटोग्राफी अवार्ड-२०२४’

काठमाडौं : झिंगा धपाउन जिउमा बालुवा छर्किँदै गरेको नेपाली हात्तीको तस्बिरले ‘सोनी विश्व फोटोग्राफी अवार्ड-२०२४’ जितेको छ ।

पर्यटक फोटोग्राफर लि जु सेनले खिचेको यो तस्बिरसँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्बिरले पनि अवार्ड जितेका छन् ।

विजयी तस्बिरहरू मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो । सोनी वर्ल्ड फोटोग्राफी अवार्ड-२०२४ मा प्रकृति, कला,संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्बिर प्रतिष्पर्धामा थिए । ती तस्बिरहरू विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी सञ्चारमाध्यम सीएननले जनाएको छ ।

सोनी वर्ल्ड फोटोग्राफी अवार्डका विद्यार्थी, युवा, खुला र व्यावसायिक प्रतियोगिताका विजेताहरू अप्रिल १८ मा घोषणा गरिनेछ । विजयी सबै तस्बिरहरु अप्रिल १९ देखि मे सम्म लन्डनको समरसेट हाउसमा हुने प्रदर्शनीमा राखिने आयोजकले जनाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार