तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै, श्रीबल्लभ जयन्ती पनी आजै

तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै, श्रीबल्लभ जयन्ती पनी आजै

काठमाडौँ : तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक शनिबार सोनाम ल्होछार मनाउँदै छन्। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ। शनिबार मुसा वर्ष पूरा भई गाई वर्ष प्रवेश हुँदैछ। 

१२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गर्ने चलन छ। समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रूपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। काठमाडौँको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरिएको छ। 

  • श्रीबल्लभ जयन्ती पनी आजै

आचार्य श्री वल्लभ एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए। श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गर्नुभयो। जस मध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र आदीलाई उहाँको चर्चित रचनाहरूको रूपमा स्मरण गरिन्छ। त्यसबाहेक श्री वल्लभले संस्कृत भाषामा भएका थुप्रै ग्रन्थहरूलाई सर्वसाधारणले बुझ्न सहज हुने गरी सरल भाषामा अनुवाद गर्नुभयो। आजको दिन यिनै महाप्रभु वल्लभाचार्यको जन्म जयन्ती हो।

सानो उमेरमै आफ्नो सुपुत्रको प्रतिभा देखेर श्री वल्लभको पिताले आठ वर्षको उमेरमा उनलाई शिक्षाको लागि आचार्य विष्णुसिट्टाको मा पठाए। तेह्र वर्षको उमेरमा श्री वल्लभले वेद-वेदांग आदि जस्ता सबै धर्मशास्त्रहरूको पूर्ण अध्ययन गर्नुभैसकेको थियो।

श्री वल्लभको उमेर बढ्दै गएसँगै उहाँको ज्ञानको प्रसिद्धि चारै दिशामा प्रसारित हुन थाले । पछि श्री वल्लभले शङ्कराचार्यको उपदेशहरूको खण्डन गर्दै ब्रह्माले पनि यो जगतको सत्यता नबुझेको भनी बताउनुभयो । यसै कारण श्री वल्लभका दार्शनिक सोचलाई “शुद्ध द्वैत” पनि भनियो। उहाँको दार्शनिक सोचहरूबाट अति प्रेरित भएर नै त्यस बेलाको विजय नगरका राजाले श्री वल्लभलाई श्रीमद् आचार्यको उपाधिले विभूषित गर्नुभयो। त्यस बेला देखि नै श्री वल्लभ महाप्रभु वल्लभाचार्यको रूपमा प्रतिष्ठित हुनुहुन्छ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन श्री वल्लभ जयन्ती मनाइन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार