चलचित्र जाँच पास समितिले नयाँ कार्यविधि ल्याउँदै, ५ सेकेन्ड भन्दा लामो चुम्बनदेखि द्धिअर्थी संवादमा बन्देज

चुम्बन

चलचित्र जाँच पास समितिले फिल्मलाई ‘यू, पिजी, एडल्ट’ गरी ३ वटा सर्टिफिकेट प्रदान गर्ने गरेको छ । तर, यी तीन प्रमाणपत्र दिएर पनि नयाँ कार्यविधिले २० वटा बुँदामा फिल्म निर्माणलाई कस्ने तयारी गरेको हो । 

सरकारले ल्याउन लागेको ‘नयाँ कार्यविधिको मस्यौदा’मा समावेश २० बुँदाहरू यस प्रकार छन्:

१. नेपालको शान्ति, सुरक्षा र व्यवस्थामा खलल पुर्याएमा । 

२. मित्रराष्ट्रसँगको सुसम्बन्धमा नकारात्मक असर परेमा । 

३. कानुनको गलत व्याख्या गरी वा अदालतको अपहेलना र मानमर्दन गरेमा । 

४. जाति, धर्म, वर्ग, लिंग, वर्ण, समुदाय, सम्प्रदायबीच नकारात्मक असर पारेमा, धार्मिक, सांस्कृतिक, सामाजिक विचलन ल्याएमा । 

५. राष्ट्रिय हितविपरित दृश्य र संवाद भएमा । 

६. अपराध गर्न दुरुत्साहन गरेमा । 

७. व्यक्ति विशेष, पेसा, व्यवसायी, संस्थाप्रति मानमर्दन भएमा । 

८. बाल हिंसा, जघन्य अपराध, निर्दयी व्यवहार झल्केमा । 

९. पशुपन्छीमाथि निर्दयीपूर्ण जघन्य हिंसा गरिएको दृश्य भएमा । 

१०. शारीरिक, मानसिक अशक्तता भएकालाई होच्याउने, खिसी गर्ने, हिंसा गरिएको निर्दयीपूर्ण व्यवहार झल्काएमा । 

११. लागू पदार्थ तथा मद्यपानको लागि उत्साहित वा प्रेरित गरेमा । 

१२. मानवीय संवेदना गुम्ने किसिमका नग्नता, बलात्कार, सम्भोगका दृश्य, व्यवहार तथा नैतिकता प्रतिकूल हुने गरि प्रस्तुत गरेमा । 

१३. लैङ्गिक भेदभाव, महिलालाई होच्याइएका, आलोचना गरिएका दृश्य, संवाद भएमा । 

१४. द्धिअर्थी शब्द, दृश्य तथा संवाद भएमा । 

१५. खोज आविष्कारलाई हतोत्साही गर्ने, अवैज्ञानिक विषयवस्तुलाई प्रोत्साहित गर्ने, राष्ट्रिय स्वार्थविपरीतको सोच, व्यवहार प्रोत्साहित गरेमा । 

१६. शान्ति,, सुव्यवस्था र अमनचैनमा नकारात्मक असर परेमा । 

१७. मौलिक परम्परा, रीतिरिवाज, चालचलन, मूल्यमान्यता ह्रास आउने तथा सोको दुरुपयोग गरिएका दृश्य तथा संवाद समावेश भएमा । 

१८. यौन उत्तेजना बढाउने गरी ५ सेकेन्डभन्दा बढी गरिएको भद्दा चुम्बन, यौनजन्य अस्वाभाविक क्रियाकलाप एवं व्यवहार तथा पुरुष वा स्त्री जनेन्द्रीय प्रत्यक्ष वा पारदर्शी पोसाकबाट देखिने र त्यसलाई प्रयोग गरी यौन उत्तेजना बढाएमा । 

१९. मानवअधिकार उल्लंघन हुने गरी असह्य यातना देखाइएको पाइएमा । 

२०. राष्ट्रिय गान, चिन्ह, अलंकारको दुरुपयोग तथा इतिहास, भूगोल, राष्ट्रिय विभूति, सहिदहरुप्रति गलत व्याख्या गरिएमा । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार