सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष, बित्यो समन्वय र सहकार्यमै

सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष, बित्यो समन्वय र सहकार्यमै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष समन्वय र सहकार्यमै बितेको छ। प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार सरकारको एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन्। 

शनिबार सुदूरपश्चिम प्रदेश सरकारलाई शनिबार एक वर्ष पूरा भएको छ। मन्त्रिमण्डल विस्तारमा केही ढिलाइ भए पनि मुख्यमन्त्री शाहले २०७९ माघ २७ गते शपथ लिएका थिए। 

मुख्यमन्त्री शाहले सरकारले सम्पन्न गरेका कार्य विवरण समेटिएको पुस्तक नै सार्वजनिक गरेका छन्। ५० पृष्ठको उक्त पुस्तकमा प्रदेश सरकारले ठोस रुपमा सम्पन्न गरेका खासै कामहरू देखिँदैनन्। सार्वजनिक गरिएको प्रगति विवरणमा संघ सरकारसँग सहकार्य र समन्वयका कुराहरू मात्रै उल्लेख गरिएका छन्। 

प्रदेश सरकारले एक वर्षमा २ वटा विधेयकका लागि सैद्धान्तिक सहमति दिएको, ५ वटा संशोधन विधेयक प्रदेश सभामा पेस भएको, २ वटा नियमावली र ८ वटा कार्यविधि निर्माण भएको कुरा आफ्नो महत्वपूर्ण उपलब्धिका रुपमा देखाएको छ। तर प्रदेश सभा, सरकारले विधेयक ल्याउन नसकिएको भन्दै लामो समय कामविहीन भएको थियो।

प्रदेश सरकारले प्रदेश विकास कोषमार्फत ५० वटा सहकारीलाई २४ करोड ८९ लाख ऋण प्रवाह गरी १२ सय ८७ जनालाई स्वरोजगार बनाएको र स्थानीय तहमा गत आवको भन्दा यस आवमा रम बढाउको कुरा पनि आफ्नो प्रगतिमा समेटेको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार