सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र जारी गर्ने

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र जारी गर्ने

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले आफ्नो घोषणा पत्र जारी गर्ने भएको छ । सो संगठनले फागुन ५ गते बानेश्वरस्थित बानेश्वर बैंकटमा महासमितिमा उठान गर्ने प्रमुख एजेन्डासहितको घोषणापत्र जारी गर्ने भएको हो । 

आइतबार काठमाडौँमा बसेको महाअभियानको बैठकले सो निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले महाअभियान केन्द्रीय समन्वय समितिको सह–संयोजकद्वयमा क्रमशः कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र कांग्रेस नेता लोकेश ढकाललाई चयन गरेको छ । साथै कोषाध्यक्षमा भानुभक्त ढकाल चयन भएका छन् ।

त्यस्तै संगठनको सल्लाहकार परिषदको संयोजकमा कांग्रेसका पूर्व केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरेलाई जिम्म दिइएको संगठनका सह–संयोजक लोकेश ढकालले जानकारी दिए । आगामी दिनमा पनि चरणबद्ध रुपमा उक्त समितिलाई विस्तार गर्दै जाने पनि विज्ञप्तिमा जनाइएको छ ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार