क्रियाशीलताका आधारमा माओवादीले नेता-कार्यकर्तालाई पुरस्कृत र दण्डित गर्ने

प्रवक्ता अग्नि सापकोटा

नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा आइतबारको निष्कर्ष वर्गीय दृष्टिकोण छाड्दा पार्टी कमजोर हुन पुगेको आएको छ । 

प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा प्रदेश इन्चार्जहरूसहित २१ जना सदस्यले रिपोर्टिङ गरेका छन् । सात वटा भूगोल प्रदेश, तीन विशेष प्रदेश, १० प्रदेश इन्चार्ज तथा अध्यक्षहरु र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन)का प्रमुखहरुले रिपोर्टिङ गरेको जानकारी उनले दिए । 

चार महिना सञ्चालन गरिएको ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’का क्रममा कसले के, कति र कसरी काम गर्यो भन्ने विषयमा बैठकमा थाहा भइरहेको बताउँदै उनले मूल्यांकनका लागि आधार भेटिएको बताए । 

उनले भने, ‘जारी बैठकमा माओवादीको चारमहिने अभियानमा खटिएका कमरेडहरुले रिपोर्टिङ गरिरहनुभएको छ । यसले कसले काम गर्यो, कसले गरेन, को सक्रिय भयो, को सक्रिय भएन भन्ने विषयमा राम्रोसँग थाहा भएको छ । यसले मूल्यांकनको राम्रो आधार भएको छ । अभियानमा तीनथरी नेता फेला परे । कोही चाडबाडमा समेत घर नगएर पनि काम गरे, कोही काम गर्ने तर ध्यान दिएर नगर्ने, कोही कुनै बेला जाने नत्र अभियानमै नजाने नेता कार्यकर्ता फेला परे ।’

अभियानका क्रममा राम्रोसँग खट्ने नेता कार्यकर्तालाई मूल्यांकन गरी पुरस्कारको व्यवस्था गरिने प्रवक्ता सापकोटाले प्रष्ट पारे । समग्रमा ७५ प्रतिशत कार्यकर्ताले इमानदारीका साथ काम गरेर जनतामा आशा जगाएको उल्लेख गर्दै उनले काममा नखट्नेलाई दण्डित गर्ने बताए । 

उनका अनुसार वर्ग र वर्ग दृष्टिकोण छोड्दा पार्टी कमजोर भएको आइतबारको बैठकको निष्कर्ष छ । उनले भने, ‘तल्लो वर्गमा सधैँ क्रियाशील भएको कारणले पार्टी शक्तिशाली थियो । अहिलेचाहिँ पार्टीले वर्ग छोडेको, अनि वर्ग दृष्टिकोण पनि कमजोर भएको छ । माओवादी पार्टीको वर्गउत्थान भएको पार्टी कार्यकर्ताको आरोप छ ।’

रुपान्तरणको विशेष अभियानमा सुनाउनुभन्दा जनताका कुरा सुनेकाले पार्टीलाई जीवन्त बनाउँदै लैजाने योजनामाथि छलफल गर्नुपर्ने उनको भनाइ छ । 
सोमबारसम्म चल्ने बैठकमा कार्यसम्पादन मूल्यांकनको आधारमा कार्य विभाजन गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहालको तयारी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार