SKIP THIS

S.P.A  Collage

सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सरस्वती पूजाको प्रसादमा अखाद्य पदार्थ मिसावट नगर्न निर्देशन

धनगढी उपमहानगरद्वारा सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सरस्वती पूजाको प्रसादमा अखाद्य पदार्थ मिसावट नगर्न निर्देशन

धनगढी : धनगढी उप-महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सरस्वती पूजाको प्रसादमा रङ नमिसाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । 

‘उपमहानगरपालिका अन्तरगत सञ्चालित केही विद्यालयहरुले सरस्वती पूजाको दिन प्रसादको रुपमा प्रयोग गरिने खाद्य वस्तुमा विभिन्न रङ र अखाद्य पदार्थहरु मिसावट गरिरहेको भन्ने जनगुनासो यस कार्यालयमा प्राप्त हुन आएकोले  उक्त कार्य नगर्न नगराउनुहुन अनुरोध छ’ उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ । 

कार्यालयले खाद्य वस्तुमा अखाद्य वस्तु मिसाएको भेटिए धनगढी उपमहानगरपालिकाको बजार व्यवस्थापन सम्बन्धी ऐन, २०७९ रप्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार