गोठमा जन्मेको गाई-गोरुलाई गोठमै व्यवस्थापन गर्न चौपायामा ट्यागीङ गरी अभिलेख राख्दै धनगढी उपमहानगर

गोठमा जन्मेको गाई-गोरुलाई गोठमै व्यवस्थापन गर्न चौपायामा ट्यागीङ गरी अभिलेख राख्दै धनगढी उपमहानगर

धनगढी : धनगढी उप-महानगरपालिकाले गाई गोरु र बाच्छाबाच्छीहरुलाई ट्यागीङ गरी अभिलेख राख्ने कार्यको थालनी गरेको छ । चौपायाको व्यवस्थापनको निम्ति उपमहानगरले माघ २६ गते देखी उक्त कार्य गर्न थालेको हो ।

उपमहानगरको टोलीले पहिलो दिन माघ २६ गते फूलबारी वडा न. १४ मा र दोस्रो दिन माघ २८ गते गरी २ दिनमा ३८९ गाई गोरु र बाच्छाबाच्छीहरुलाई ट्यागीङ गरी अभिलेख राख्ने काम गरेको उपमहानगरले जनाएको छ ।

यस्तै, आज माघ २९ गते सम्म वडा न. १८, १९ र १४ गरी जम्मा २, ३०४ वटा गाई गोरु र बाच्छाबाच्छीहरू लाई ट्यागीङ गरी अभिलेख राख्ने काम गरिएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।

यो कार्य गर्नाले जसरी सवारी साधनको नम्बर प्लेट र ब्लु बुक हुन्छ त्यसरी नै अब पशुहरूको पनि नम्बर र पशु धनीको विवरण सहजै प्राप्त गर्न सकिने छ ।

यस कार्यले सम्बन्धित पशु धनीलाई दायित्व बोध गराउने र जथाभाबी रूपमा चौपाया छोड्न रोक्ने छ । जसको गोठमा जन्मेको हो उसैले व्यवस्थापन गर्न सके सडकसम्म आउने समस्याको निराकरण हुने देखिन्छ ।

यस्तै, सो कार्य पूर्ण रूपमा कार्यान्वयन हुने हो भने जसको पशु सडकमा आएको हो ट्याग नम्बरबाट यकिन गरी नियम अनुसार कारबाही गर्न पनि उपमहानगरलाई सहज हुने देखिन्छ । भने पशु चौपाया कर लिन पनि उत्तिकै सहज हुने र सडकमा छाडा पशु चौपायाको सङ्ख्यामा पनि कमी आउने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार