प्रेम दिवसमा गायक महेश काफ्लेको प्रस्तुती धनगढीमा

mahesh Kaphle

धनगढी : यही भ्यालेन्टाइन डे अर्थात फागुन २ गते धनगढीमा चर्चित युवा पुस्ता माझँ लोकप्रिय गायक महेश काफ्लेको प्रस्तुती हुने भएको छ ।

रकस्टार मिडिया र होटेल डिभोटीले संयुक्त रुपमा आयोजना गर्न लागेको मेरो भ्यालेन्टाइन सिजन ४ का लागि महेश यही मंगलबार धनगढी आउन लागेका हुन् । धनगढी हसनपुरस्थित होटल डिभोटीमा साँझ ६ बजेपछि उनको विशेष प्रस्तुती रहनेछ ।
महेशका ‘मायाँ बिरानी’, ‘नाच फिरिरी’, ‘लज्जावती झार’, ‘तातो गोली’ बोलका गीत पछिल्लो समय निकै चर्चित छन् । लामो समय युटुयुबको ट्रेडिङमा रहेको मायाँ बिरानीलाई ९ करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ ।

यस्तै नाच फिरीरीलाई ८५ मलियन, तातो गोलीलाई ७० मिलियन र लज्जावती झारलाई ३३ मिलियन पटक हेरिएका छन् । यी गीतहरुको लोकप्रियतासँगै देशविदेशका सांगितीक कार्यक्रममा निकै ब्यस्त गायक काफ्लेले एक भिडियो जारी गर्दै सम्पूर्ण धनगढीबासीलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

‘नमस्ते धनगढी, भ्यालेन्टाइन डे अर्थात यही फागुन २ गते होटल डिभोटीमा हुने मेरो भ्यालेन्टाइन सिजन फोरमा मेरो विशेष प्रस्तुती हुनेछ,’ काफ्लेले भिडियो सन्देशमा भनेका छन्, ‘यहाँहरु सम्पूर्णलाई कार्यक्रममा विशेष निम्तो छ । सँगै नाच्नु, झुम्नुपर्छ ।’
उक्त सांगीतिक कार्यक्रममा काफ्लेसँगै स्थानीय कलाकारहरु धिरविक्रम सिंह, प्रदीप सुनार, डिजे रक इट, अनिल सुनार, आयुष टिकाथरीको पनि विशेष प्रस्तुती रहनेछ ।

कार्यक्रमलाई यस क्षेत्रका चर्चित कार्यक्रम सञ्चालक रोहित गिरीले सञ्चालन गर्नेछन् । कार्यक्रममा आफ्ना प्रेमिल मनहरुसँग आई पूर्ण पारिवारिक वातावरणमा रमाउँन सकिने कार्यक्रम आयोजक रकस्टार मिडियाका प्रबन्धक जितेन्द्र रावलले बताए ।

यसअघिका ३ सिजनमा धनगढीबासीबाट पाएको अपार मायाँ र सद्भावले अझै राम्रो कार्यक्रम गर्ने उत्साह थपेको बताउँदै उनले यसपटक स्मरणीय कार्यक्रम आयोजनामा आफूको टिम केन्द्रीत रहेको बताए ।

कार्यक्रममा उपस्थित दर्शकहरुका लागि आयोजकले विशेष गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेको छ । सांगितीक कार्यक्रमसँगसँगै मिठामिठा परिकारहरु तथा आफ्ना प्रियजनहरुसँग फोटोसेशन गर्ने व्यवस्था मिलाईएको रावलले बताए ।

कार्यक्रमको टिकट बुकिङ तथा खरिदका लागि जितेन्द्र रावल(९८४८४६९९६७), मनोज जेठारा (९७४६३२३२३२)मा सम्पर्क गर्न सकिने उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार