कलेजहरुको अनुगमन गर्दै स्वास्थ्य व्यवसायी परिषद्

स्वास्थ्य व्यवसायी परिषदले कलेजहरुको अनुमगन गर्ने भएको छ।

काठमाडौं : स्वास्थ्य व्यवसायी परिषदले कलेजहरुको अनुमगन गर्ने भएको छ। परिषदले न्यूनतम मापदण्ड अनुसारको स्वास्थ्य सम्बन्धी विषयका शिक्षण संस्थाहरुको पूर्वाधार तथा शिक्षण सिकाइ सम्बन्धी विषयमा अनुगमन गर्न लागेको हो।

परिषदको माघ २५ गते बसेको बैठकले नीति योजना तथा अनुगमन समितिको कार्यविधि २०७९ बमोजिम शिक्षण संस्थाहरुको पूर्वाधार र शिक्षण सिकाइ सम्बन्धी सम्पूर्ण पक्षहरुका विषयमा अनुगमन गर्न लागिएको परिषदका अध्यक्ष सुवोध शर्माले जानकारी दिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार