नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह

युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्र

काठमाडौं : नेपाल चिकित्सक संघले युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। संघले २०२४ को लागि आवेदन दिने नेपाली मेडिकल ग्रेजुएटहरुको सामूहिक अवैधानिकता र संयुक्त राज्य अमेरिकाभित्र अभ्यास गर्ने नेपाली डाक्टरहरुको विश्वसनीयता सम्बन्धी हालैका घटनाक्रमहरु बारे पुनर्विचार गर्न  आग्रह गरेको हो। 

महासचिव डा सन्जिब तिवारीले विज्ञप्ति जारी गर्दै नेपाली चिकित्सकहरुको स्वास्थ्य सेवामा स्वदेशी र अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण रहेकोमा जोड दिँदै  व्यवसायिकता, समर्पण र दक्षता प्रदर्शन गर्दै आइरहेको अवस्थामा अन्तर्राष्ट्रिय रूपमा युएसएमएलईको परीक्षा सञ्चालन गर्ने निकाय प्रोमेट्रिक सेन्टरमा परीक्षा दिने नेपाली चिकित्सकको योग्यतामाथि प्रश्न उठाउने र परीक्षार्थीको निष्ठा र क्षमतामा शंका उत्पन्न गर्ने  निर्णयले  गहिरो चिन्ता उत्पन्न भएको जनाएका छन्।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार