भौतिकमन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग

भौतिकमन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले सरकारी छानबिन समितिले नै दोषी देखाएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका हुन् ।

पुस १३ गते बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवाहरू र प्रहरीबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको थियो । बर्तौलाले उक्त घटनामा मन्त्री ज्वालालाई दोषी देखाएको भन्दै तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

सरकारका मन्त्रीको संलग्नता र उपस्थितका कारण घटना भएको भन्ने प्रतिवेदन सरकारी टोलीले नै देखाएको भन्दै बर्तौलाले फागुन ४ मा बुझाइएको प्रतिवेदनअनुसार बालकुमारी घटनाका दोषी मन्त्रीलाई बर्खास्त गर्न माग गरिएको हो ।

वीरेन्द्र शाह र सुजन राउतको उक्त घटनामा मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार