आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

धनगढी : आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर मनाइँदै छ । सुदूरपश्चिममा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन लागेको हो ।  

सहिदप्रति माल्यार्पण र शहिदगेटदेखि आन्तरिक मामिला मन्त्रालयसम्म बाँजागाँजासहित प्रभात फेरी गरिएको हो । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्रको उदय भएको दिनको स्मरणमा आज प्रजातन्त्र दिवस मनाइँदै छ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार