धनगढीको श्री शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाममा शृङ्गारिक महाआरती [फोटो समाचार]

धनगढीको श्री शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाममा शृङ्गारिक महाआरती [फोटो समाचार]
श्री शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाममा शृङ्गारिक महाआरती

धनगढी : महाशिवरात्रिमा विशेष मेला लाग्ने धनगढी उप-महानगरपालिका वडा नम्बर ४ मा अवस्थित श्री शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाममा शृङ्गारिक महाआरती सहितको ११ औँ श्रीमद भागवत प्रवचन, मत्स्यपुराण पारायण आयोजना गरिएको छ । 

सुदूरपश्चिममै चर्चित धार्मिक पर्यटकीय स्थलका रूपमा स्थापित भइरहेको उक्त धाममा आज अर्थात् फागुन ७ गते श्रीमद भागवत प्रवचन, मत्स्यपुराण पारायणको सप्तम दीन हो, भने आठौँ दिन सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।

विवाह, व्रतबन्धजस्ता तथा पूजाआजासँगै धनगढी पुगेर यहाँका पर्यटकीय क्षेत्रको भ्रमण गर्न/अवलोकनका लागि, बजारबाट नजिक भएकाले पनि होला आन्तरिक र बाह्य (भारतीय) पर्यटक को पहिलो रोजाइमा  शिवपुरी बन्ने गरेको छ । 

शिवपुरी वनसँगै जोडिएकोले वरिपरि जङ्गलले ढाकेको, आठ बिघा क्षेत्रफलमा फैलिएको धाम धार्मिक दृष्टिले मात्र नभई भौतिक रूपमा पनि उत्तिकै सुन्दर र रमणीय छ। यहाँ १ सय ८ फिट अग्लो शिवलिंग स्थापना गरिएको छ। जसलाई दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिंग पनि भन्ने गरिन्छ। 

धाममा नेपाल माताको मूर्तिलगायत अन्य विभिन्न धार्मिक आस्थाका धरोहरहरू क्रमशः एक सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग, १ सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, नेपाल माताको मन्दिर, सूर्यनारायणको मन्दिर, धार्मिक कार्यका लागि पाँच वटा मण्डप, गणेश मन्दिर, मुक्तिनाथ मन्दिर, सूर्यनारायणको मन्दिर, दुर्गा मन्दिर र उग्रतारा मन्दिर पनि निर्माण गरिएका छन् भने,  भिक्षु, भिक्षुणी बस्न व्यवस्थित कुटिहरू पनि निर्माण गरिएका छन्।

धनगढीमा शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबा लगायत बजारनजिक पर्ने पर्यटकीय क्षेत्रलाई जोडेर नगरको पर्यटन कोरिडोर निर्माण गर्न सके अझै धनगढीको पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार