बैतडीको पुर्चौडीमा रहेको गाडा भौनेली भूमिराज मन्दिरको निर्माण कार्य अन्तिम चरणमा

बैतडीको पुर्चौडीमा रहेको गाडा भौनेली भूमिराज मन्दिरको निर्माण कार्य अन्तिम चरणमा
पुर्चौडीको गाडा भौनेली भूमिराज मन्दिर

बैतडी: बैतडीको पुर्चौडीमा रहेको गाडा भौनेली भूमिराज मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक करोड भन्दा बढी लगानीमा निर्माण सम्पन्न भइरहेको उक्त मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ भने ताम्र पत्रले छाइएको छ ।

पुर्चौडि नगर पालिका वडा नम्बर ५ गाडा भौनेलीमा अवस्थित उक्त मन्दिर पुर्चौडीमा नगरपालिका वडा नम्बर ४ र १ को सिमाना बागागाड र कुवाकोट गाडको बिचमा रहेको छ । बागागाड र कुवाकोट गाड मन्दिरको मुनि बाट मिलेर त्रिवेणी धाम को मुख्य सहायक नदीको रूपमा बग्दछन् । प्राकृतिक सुन्दरताको काखमा सजिएको गाडाभौनेली धार्मिक, पर्यटकीय र स्थानीय सांस्कृतिक मूल्य मान्यताको धरोहरको रूपमा रहेको छ ।

२०७४ साल देखि निर्माण कार्य सुरु गरिएको यो मन्दिरमा पुर्चौडि नगर पालिका बाट २५ लाख, प्रदेश सरकार बाट १५ लाख र जन सहयोग (भेटी सङ्कलन) बाट ४० लाख भन्दा बढी आर्थिक सहयोग उपलब्ध भएको गाडाभौनेली भूमिराज मन्दिर धार्मिक सेवा समितिका सचिव वासुदेव पन्तले बताए ।

यस्तै, स्थानीयहरूले उक्त मन्दिर भित्र भौतिक संरचना निर्माणका लागि लाखौँको श्रमदान समेत गरेको पन्तको भनाई छ । बाह्रै महिनाको सक्रांतिमा पूजाआजा गरिने उक्त मन्दिरमा वैशाख सक्रांतिमा बिशु जात्रा धूमधाम सँग मनाइने र दसैँ जात्रा नवरात्रि भरि ९ दिन पूजाआजा गरी भव्य रूपमा मनाइने स्थानीय नवीन पन्तले बताए ।

मन्दिर क्षेत्र भित्र स्नान गृह, भोजन गृह, प्रवेश द्वार, घेर पर्खाल लगायतका केही संरचना निर्माण गर्न बाकी रहेकोले देश विदेशमा छरिएर रहेका आस्थावान् व्यक्तिहरू बाट सहयोगको अपिल गर्छौ र विश्वस्त पनि छौ, गाडाभौनेली भूमिराज मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष हरिशंकर पन्तले भने, ‘बैतडीकै नमुना तीर्थ/धामको रूपमा विकसित गर्ने लक्ष्य रहेको छ ।’

बैतडीको पुर्चौडीमा रहेको गाडा भौनेली भूमिराज मन्दिरको निर्माण कार्य अन्तिम चरणमा
पुर्चौडीको गाडा भौनेली भूमिराज मन्दिर

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

82%

खुसी

0%

दुःखी

9%

अचम्मित

9%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार