नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया सुरु

नेकपा एमाले

धनगढी : नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया सुरु भएको छ । जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन, दाबी विरोध लगायतका सूचना जारी गर्दै प्रक्रिया सुरु गरेको छ ।

आज साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणको प्रक्रिया अघि बढाइने निर्वाचन कमिटीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

७ बजे उम्मेदवारको नामावली प्रकाशन गरेर उजुरी तथा दाबी विरोधको काम सकेर राति सवा १० बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कमिटीले जनाएको छ ।

भोलि बिहान १० देखि दिउँसो २ बजेसम्म मतदानको कार्यतालिका तय गरिएको छ । अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षका आकांक्षी डेजी पाण्डे र यज्ञराज ढुङ्गानाले भने उम्मेदवारी घोषणा गरेका छैनन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार