किसानको उखुबारीमा आगलागी, ढाइ लाख बराबरको उखु जलेर नष्ट

किसानको उखुबारीमा आगलागी, ढाइ लाख बराबरको उखु जलेर नष्ट

कञ्चनुरः कञ्चनपुरमा मंगलवार एक किसानको उखुबारीमा आगलागी भएको छ। बेलौरी नगरपालिका ५ बन्त्तरियाका चन्द्रलाल चौधरीको २७ कट्टा जग्गामा रहेको उखुबारी आगलागी भएको हो।

सोही ठाउँका रामजन रानाले आफ्नो उखुबारीमा लगाएको आगो अचानक सल्किन गई आगलागी भएको प्रहरीले जनाएको छ। उखुबारीमा भएको आगलागीबाट अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको छ।

उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार