एसपिए र होलिल्याण्ड धनगढी कपको फाइनलमा प्रवेश

एसपिए र होलिल्याण्ड धनगढी कपको फाइनलमा प्रवेश

धनगढी : धनगढीमा जारी श्री कलेज धनगढी कप फुटबल प्रतियोगिताको उपाधिका लागी धनगढी स्थित सुदुरपश्चिमाञ्चल एकेडेमी र अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुल भिड्ने भएका छन् । धनगढी रगंशालामा आज भएको सेमी फाइनल खेलबाट सो दुई टिम फाइनलमा प्रवेश भएका हुन् ।

आज भएको पहिलो खेलमा सुदुरपश्चिमाञ्चल एकेडेमीले सैनिक आवासीय माध्यमिक विद्यालय तेघरीलाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो फाइनल यात्रा तय गरेको हो । खेलको दोस्रो हाफमा सुदुरपश्चिमाञ्चल एकेडेमीका आयान मन्सुरीले गोल प्रहार गर्दै फाइनल यात्रा तय गर्न सफल भएका हुन् । सुदुरपश्चिमाञ्चल एकेडेमीको एक गोलका विरुद्ध सैनिक आवासीय माध्यमिक विद्यालयले ठुलो प्रयास गरे पनि सफल हुन सकेन । सुदुरपश्चिमाञ्चल एकेडेमीकै आयान मन्सुरी पहिलो खेलको म्यान अफ द म्याच बने । 

आजै भएको दोस्रो खेलमा धनगढी स्थित एलायन्स इन्टरनेश्नल स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै अत्तरियाको होलिल्याण्ड सेकेन्ड्री स्कुलले आफ्नो फाइनल यात्रा तय गरेको हो । खेलको पहिलो हापको १२ मिनेटमै होलिल्याण्डका  राजु लामाले गोल प्रहार गरे । होलिल्याण्डका विरुद्ध एलायन्सले गोल फर्काउन सकेन । दोस्रो खेलको म्यान अफ द म्याच पनि होलिल्याण्डका राजु लामा बने । यस सँगै बिहीबार धनगढी कपको उपाधिका लागी यी दुई टिम भिड्ने छन् ।

१० विद्यालय सहभागी प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था लिटल फ्लावर स्पोट्स एण्ड इभेन्ट प्रा.लीका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन् । सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले नगद ३ हजार, उदयमान खेलाडीले नगद ३ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ सयका साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार