सविर श्रेष्ठको निर्देशनमा रुखान बन्ने, नीति शाह विद्रोहीको भूमिकामा

रुखान’को शीर्ष भूमिकामा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन ।

सविर श्रेष्ठको निर्देशनमा तयार हुने सिनेमाका लागि निर्माणपक्ष र नीतिबीच सम्झौता भएको छ सिनेमामा नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरी ४ वटा भाषामा निर्माण हुनेछ ।

सिनेमामा नीति विद्रोही महिलाको भूमिकामा हुनेछिन् । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने ‘रूखान’को कथा डाक्टर रूपक घिमिरेले लेखेका हुन् ।

घिमिरेको कथामा अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ। अभिनेता सविन श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमामा अर्जुन पोखरेलले संगीत दिनेछन् ।

सविन सिनेमास्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन यो सिनेमाले निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ । निर्देशक श्रेष्ठले सिनेमामा सिंगो देशका नागरिकहरूले समस्याबाट जुध्दै गर्ने संघर्षलाई प्रस्तुत गर्ने बताए ।

श्रेष्ठले सिनेमा आगामी वैशाखको पहिलो साताबाट फ्लोरमा जाने जानकारी दिएका छन् । ‘रुखान’को अर्थ फलामको सानो हतियार हुन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

33%

खुसी

0%

दुःखी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार