पुस्तक पारखीहरूलाई समर्पणको उपहार, पत्रकार भानुभक्तले पाए १० पुस्तक

धनगढी : कैलालीको धनगढीमा रहेको समर्पण पुस्तक पसलले पुस्तक पारखीहरूको लागि नयाँ स्कीम ल्याएको छ । गोला प्रथाबाट १० पुस्तक दिने स्कीम ल्याइएको पुस्तक पसलका संचालक डिल्लीराज ओझा समर्पणले बताए ।
‘धनगढीमा पुस्तक पारखीहरूको संख्या बढाउन यस्तो स्कीम ल्याइएको हो ’ उनले भने ‘अब कम पैसामै धेरै पुस्तक पढ्न पाइने छ । ’
२ सय रुपैयाँमा मदन पुरस्कार विजेता सहितका १० पुस्तकका लागि गोला प्रथा सुरु गरिएको उनले बताए । पहिलो दिनको गोला प्रथा पत्रकार भानुभक्त आचार्यले जितेका छन् । आचार्य नेपाल प्रेसका सुदूरपश्चिम संयोजक तथा पश्चिम टुडेका सम्पादक हुन् ।उनी पुस्तक पढ्न र पुस्तक बारे विश्लेषण लेख्न रुचि राख्छन् । गोलाप्रथाको निश्पक्षताका लागी समर्पण पुस्तक पसलको फेसबुक आइडिबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका शिक्षक तथा साहित्यकार हर्क बोहराले प्रत्यक्ष प्रसारणकै बिचमा टोकन उठाएका थिए । २४ जना सहभागी मध्ये आचार्यले पुस्तक पाएका हुन् । उनले ऐँठन, हृदय ,दोरी खण्डहर दरबार ,साँखेजुङको उकालो ,बिगन रामको मादल, नाजवाफ , रुमानी,मुकाम रणमैदान र अन्तर पुस्तक उपलब्ध गराइने ओझाले जानकारी दिए ।
ओझा आफै पनि साहित्यकार हुन् । २०७३ सालमा पसल सुरु गरेका उनी सृजनशील मञ्च सुदूरपश्चिमको सचिव हुन् । कैलाली जनपुस्तकालय, सुदुरपश्चिमाञ्चल साहित्य समाज प्रतिभा सामुदायिक पुस्तकालयमा आबद्ग छन् ।
उनले आगामी दिनमा निरन्तर पुस्तक पारखीहरूका लागि कम पैंसामा नयाँ नयाँ स्किम सहित उत्कृष्ट साहित्यिक पुस्तक उपलब्ध गराइने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार