स्नातक तह पुनः तीन वर्षे बनाउँछौँ : त्रिविका उपकुलपति बराल

त्रिवीको उपकुलपतिमा प्रा.डा बराल नियुक्त

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले स्नातक तह पुनः तीनवर्षे बनाउने बताएका छन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नुका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए ।

त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक शुरु गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार