प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दुई करोड २५ लाख दीप प्रज्ज्वलन गरिने

बेहडाबाबा

धनगढी : कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दुई करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको छ ।  महाशिवरात्रिको दिन दीप प्रज्ज्वलन गरिने बेहडाबाबा फाउण्डेशनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

शिवरात्रिको दिन दिउँसो ३ः३० देखि ४ः३० बजेसम्म दुईसय जनाबाट दीप प्रज्ज्वलनको व्यवस्था मिलाएको फाउण्डेशनका अध्यक्ष पदमराज जोशीले बताए । 

यसै गरी, शिवरात्रिको अवसरमा लाग्ने मेलाको करिब तीन लाख श्रद्धालुले अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए । 

फाउण्डेशन मेलाको तयारीमा जुटेको छ । धनगढी उपमहानगरपालिका –१६ स्थित बेहडाबाबामा भारतीय दर्शनार्थीको पनि घुँइचो लाग्नेगरेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार