लागु औषध नियन्त्रण गर्न निर्मम भएर लाग्छु : एस.पी- पी.बी विष्ट

लागु औषध नियन्त्रण गर्न निर्मम भएर लाग्छु : एस.पी पी.बी विष्ट

धनगढी: हालै कैलाली प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक पदम बहादुर विष्टले लागु औषध नियन्त्रण गर्न निर्मम भएर लाग्ने बताएका छन् । कार्यभार सम्हाले पश्चात् बिहीबार कैलालीका पत्रकारहरू सँगको भेटघाटका क्रममा एस.पी. विष्टले यस्ताे बताएका हुन् । 

प्रहरीले दिने नियमीत सेवा सक्दो प्रभावकारी ढङ्गले दिने, यस सँगै थप लागु औषध ओसार पसार नियन्त्रणमा निर्मम ढङ्गले प्रस्तुत हुनुका साथै, आम नागरिकमा सचेतना प्रवाह गर्न जनचेतनामूलक कार्यक्रमहरू अभियानकै रूपमा अघि बढाउने विष्टको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको सरुवा भएपछि उनको स्थानमा पदमबहादुर विष्ट आएका थिए । 

पालको सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीमा काज सरुवा भएकोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एसपी विष्ट कैलाली प्रहरीको कमाण्ड सम्हाल्न आएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार