अर्जुन विक्रम शाही इलाम बाट उपनिर्वाचन बाट लड्दै

अर्जुन विक्रम शाही इलाम बाट उपनिर्वाचन बाट लड्दै

धनगढी : शाही ग्रुप अफ इन्डस्टिजका संस्थापक एवम् युवा व्यवसायी अर्जुन विक्रम शाही इलाम क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

पढाइमा अब्बल र युवाहरूमा लोकप्रिय व्यवसायी शाहीले इलाम क्षेत्र नम्बर १ सुवासचन्द्र नेम्वाङको क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् । आफूले युवाहरूको आवाजलाई संसदमा जोडतोडका साथ उठाउने र युवाहरूलाई देश प्रतिको गम्भीर जिम्मेवारीलाई स्मरण गराउँदै देशमै बस्ने वातावरण सृजना गर्न सदन र सडक बाट जिम्मेवार निकायलाई ध्यानाकर्षण गराउने उनको लक्ष रहेको छ ।  

विज्ञान, कानुनमा स्नातक र कूटनीतिमा स्नातकोत्तर गरेका शाही सँग नेपालमाका प्रभावशाली पावर सेन्टर मानिएका प्रधानमन्त्रीहरूको सल्लाहकार भएर काम गरेको अनुभव पनि छ ।

आफूले चुनाव जिते सरकारको तलब भत्ता नलिने र शिक्षा, स्वास्थ्य लाई निःशुल्क बनाउन आफूले संसदमा आवाज उठाउने, युवाहरूको लागि स्पेसल प्याकेज सहितका कार्यकमहरु ल्याउन पहल गर्ने, आफूले प्रतिनिधित्व गर्न पाए आफ्नो क्षमता, दक्षता राष्ट्र र जनताको लागि समर्पित गर्ने उनको भनाइ छ ।

उक्त कार्यका लागी सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी आमा बुबा सबैलाई साथ सहयोग गर्दिन हुन शाहीले अपिल समेत गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार