फागुन १५ गते सार्वजनिक बिदा 

सार्वजनिक बिदा

मगर दिवसका अवसरमा फागुन १५ गते  नवलपरासी पूर्वका तीनवटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । गैंडाकोट, देवचुली नगरपालिका र बुलिंटार गाउँपालिकाले एक सूचना जारी गरेर मगर दिवसका अवसरमा बिदा दिएका हुन् ।

ती पालिकामा मगर समुदायको बाहुल्यता रहेको छ । ती पालिकाका प्रमुख प्रशासकिय अधिकृतद्वारा जारी सूचनामा ४२औं मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख छ ।

पूर्वी नवलपरासीका ८ वटा पालिकामा मगर समुदायको बसोबास बाक्लो रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार