गायिका अन्जु पन्तको ‘बादल भित्रमा’ दिनेश र हीर (भिडियो)

गायिका अन्जु पन्तको 'बादल भित्रमा' दिनेश र हीर (भिडियो)

काठमाडौँ : लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रताप दास स्वर बद्ध नयाँ गीति भिडियो ‘बादल भित्र ‘ सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ ।

विष्णु भण्डारीको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलले सङ्गीत भरेका छन् । एरेञ्जको काम कुशल सिंहको छ भने मिक्सिङ तथा मास्टरिङ नरेश बिबिसीले गरेका छन् ।

मोडल द्वय दिनेश विष्ट हीर शाहीको  जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ । 

विक्रम चौहानले निर्देशन गरेको भिडियोमा पोखरा ढोर पाटन बाग्लुङ लगायत आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ । 

छायाङ्कन प्रकाश खड्काको रहँदा मेकअपमा कविता टोलङ्गी र अस्मिता शाही छिन् । सम्पादन र  कलरमा क्रमशः लक्ष्मण चौहान र मिलान विश्वकर्माले गरेका छन् । 

यसअघि  ‘मायाको खेलाइमा, हाँसाहाँसी, राजरानी’ जस्ता लोकप्रिय गीतहरूमा अभिनय गर्दै दर्शकहरूको मन जितेका  मोडल विष्ट एक पछि अर्को गीतमा पनि फिट देखिएका छन् । फरक विधाका कथावस्तुमा अभिनयमा रुचि राख्ने दिनेश यथार्थपरक अभिनयमा आफ्नो ध्यान रहने बताउँछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार