धनगढीका मेयर हमाले भत्काउन लगाए आफूले उम्मेदवारी घोषणा गर्दा प्रयोग गरेको हल (भिडियो)

धनगढीका मेयर हमाले भत्काउन लगाए आफूले उम्मेदवारी घोषणा गर्दा प्रयोग गरेको हल (भिडियो)

धनगढीः धनगढी उपमहानगरको स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्न प्रयोग गरेको होटेलको हल धनगढीका नगर प्रमुख गोपाल हमालले भत्काउन लगाएका छन्। धनगढी उपमहानगरपालिका–४ मा रहेको द रुबस होटेलको सभा हल उपमहानगरपालिकाले भत्काउन लगाएको हो।

होटेलको सभा हल बैयाँबेहडी नालामा परेकाले खोलानालाको अतिक्रमण हटाउने क्रममा हल भत्काउन लगाएको नगर प्रमुख हमालले बताएका छन्।

‘सभा हल खोलामै परेकाले भत्काउन लगाइएको हो। खोलानालाको अतिक्रमण हटाउने क्रममा सार्वजनिक क्षेत्रमा पर्ने संरचना हटाउनुपरेको हो’,

नगर प्रमुख हमालले भने।

हमालले २०७९ मा धनगढी उपमहानगरको नगर प्रमुखको स्वतन्त्र उम्मेदवारीको घोषणा अहिले भत्काइएकै हलबाट गरेका थिए। २०७८ फागुन १९ गते रुबस होटेलको सभा हलबाट हमालले नगर प्रमुखको उम्मेदवारी घोषणा गरेका थिए।

त्यही हल अहिले आएर खोलानाला खाली गर्ने क्रममा खोलामा परेकाले भत्काउन लगाइएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार