सेती प्रादेशिक अस्पताल धनगढीमा थालियो दूरबिन पद्धतिबाट पत्थरीको शल्यक्रिया

सुदूरपश्चिम प्रदेशको रेफरल सेन्टरका रूपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा पहिलो पटक दूरबिन पद्धतिबाट पत्थरीको शल्यक्रिया गर्न थालिएको छ ।

धनगढी: सुदूरपश्चिम प्रदेशको रेफरल सेन्टरका रूपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा पहिलो पटक दूरबिन पद्धतिबाट पत्थरीको शल्यक्रिया गर्न थालिएको छ । पहिलो पटक बिहीबार युरो सर्जन डाक्टर जोनस तिवारीको टिमले दूरबिन पद्धतिबाट शल्यक्रिया गर्दै सो सेवा सुरु गरेको हो । 

दूरबिनबाट शल्यक्रियामार्फत पहिलो दिन अछामकी सेतु साउँद सहित तीन जनाको  सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा युरो सर्जन डा. तिवारीको नेतृत्वमा एनेस्थेसियाका डा. पूर्ण राधा श्रेष्ठ र अप्रेसन टिमले शल्यक्रिया गरेको हो । 

दूरबिन पद्धतिबाट शल्यक्रिया गर्दा जोखिम कम मानिने उक्त पद्धति अपनाएर उपचार गर्दा सेती प्रादेशिक अस्पतालमा २० देखी २५ हजार नेपाली रुपैयाँ खर्च आउने सेती प्रादेशिक अस्पतालका अध्यक्ष नर बहादुर शाह (निर्मल) को भनाई छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार