नेपाली काँग्रेस कैलालीको बैठक सुरु हुनै लाग्दा के भयो यस्तो ?

नेपाली काँग्रेस कैलालीको बैठक सुरु हुनै लाग्दा के भयो यस्तो ?

धनगढी: नेपाली काँग्रेस जिल्ला कार्यसमिति कैलालीको बैठक विवादित बनेको छ । जिल्ला सभापति नारायणदत्त भट्ट र उपसभापति भीम बडूवालको बिचमा माइन्युट खोसाखोस भएपछि बैठकमा चर्काचर्की भएको हो ।

सचिव नृप सुनारले बैठकमा उपस्थित भएका पदाधिकारी तथा कार्यसमिति सदस्यको हस्ताक्षर गराउने क्रममा अनुशासनको कारबाही गरिएका उपसभापति बडूवालले माइन्युटमा आफ्नो नाम किन नराखिएको भन्दै माइन्युट खोसेपछि विवाद भएको जनाइएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा बिहीबार बोलाइएको उक्त कार्यसमितिको बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको समेत उपस्थिति रहेको थियो ।

बैठक नबस्दै विवाद र कोरम नै नपुगेपछि जिल्ला कार्य समितिको बैठक स्थगित गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार