गायक पदम राईको ‘हातैमा लेखेको’ सार्वजनिक

काठमाडौं, गायक पदम राई र सुनिता सन्यक लिम्बुको स्वर रहेको डान्सिङ नम्बर ‘हातैमा लेखेको’को बोलको गीत सार्वजनिक भएको छ । डिपी खनालको शब्द रहेको यस गीतको संगीत ताराप्रकाश लिम्बुले भरेका हुन् ।

ए वान म्युजिकसियनमा रेकर्ड भएको यस गीतको एरेन्ज उदयराज पौडेलको रहेको छ । युट्युबमार्फत् सार्वजनिक गरिएको यस गीतको भिडियोमा गायका राई र गायिका लिम्बुको साथमा रिया लामा र निमबाबु ताङलाई फिचरिङ गरिएको छ ।

सागर लामिछानेले निर्देशन गरेको भिडियोमा सम्भव सुवेदीको छयंकन र अनिल रानाको सम्पादन रहेको छ ।

यसअघि गायक राईको ‘पछिपछि लाएर’, ‘सख्खर चिनी’, ‘सरकारी अड्डा’, ‘यसो हेरेँ पूर्वतिर’ लगायत गीत चर्चित छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार