गृह नछाड्ने मुडमा रवि, के गर्लान प्रचण्ड ?

प्रचण्ड रवी

काठमाडौं : नव गठबन्धन भित्र गृहमन्त्रालय कस्ले सम्हाल्ने भनेर रस्साकस्सी बढेको छ । रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउने प्रारम्भिक समझदारी भए पनि अहिले माओवादीले समेत गृहमा दाबी गर्न थालेको पछि जटिलता देखिएको हो ।

माओवादीले दाबी गरे पनि रास्वपा गृह मन्त्रालय छोड्ने पक्षमा छैन । यदि रास्वपाले अडान लियो भने प्रधानमन्त्रीले अस्वीकार गर्न कठिन हुने छ, किनकि रास्वपाको समर्थनबिना वर्तमान सरकार अल्पमतमा पर्छ ।

रास्वपाले गृहसहित चार वटा र माओवादीले पाँच वटा मन्त्रालयमा दाबी गरिरहेका छन् । जसपाको दाबी ३ मन्त्रालयमा छ । नेकपा एसलाई पनि समेट्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई सबैको चित्त बुझाउन सजिलो छैन ।

गठबन्धनमा सामेल चार दलसहित नेकपा एस, नागरिक उन्मुक्ति, जनमत, र लोसपा पनि सरकारमा भित्रिन आतुर देखीएका बेला सरकारमा सहभागी हुने दलहरूको टुंगो लागेपछि मात्रै मन्त्रालय बाँडफाँट गर्ने भनिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार