केही दिन यता कम्युनिटी गाईडलाईनका नाममा घुक्र्याउन लागेको फेसबुक एकाएक डाउन

फेसबुक

धनगढीः केही दिन यता कम्युनिटी गाईडलाईनका नाममा घुक्र्याउन लागेको सामाजिक सञ्जाल फेसबुक डाउन भएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक अचानक लगआउट भएको हो ।

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् ।

यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए । विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो ।

अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको भन्दै गुनासो गरेका छन् । टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि त्यस्तो कोड इनकरेक्ट देखाइरहेको छ । 

कतिपयले भने अकाउन्ट लगइन गर्नै समस्या रहेको गुनासो गरेका छन् । डाउन डिटेक्टरले पनि फेसबुक डाउन भइरहेको उल्लेख गरेको छ । फेसबुक मात्र नभई इन्स्टाग्राम अकाउन्टमा पनि यस्तो समस्या देखिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार